घोराही, १४ वैशाख । जन्मदिनको अवसरमा तडकभडक फजल खर्च गरी मनाइरहेको समयमा दाङका एक युवा पत्रकारले मंगलवार सिर्जनशील कार्य गरी आफ्नो जन्मदिन मनाएका छन् ।
सौडियार–७ सौडियार निवासी पत्रकार निशानदाजुु भट्टराइले राप्ति उपक्षेत्रीय अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएका एक कुपोषित बालकलाई कपडा र फलफुल सहयोग गरेर आफ्नो जन्म दिन मनाएका हुन् ।
गणतन्त्र पत्रिकाकाका समाचारदाता तथा गणतन्त्र अनलाईनका सह सम्पादक समेत रहनुभएका भट्टराइले कुपोषणवाट पिडित लक्ष्मीनपुर गाविस वडा नम्बर १ निवासि चुमादेवि विश्वकर्माकी एक वर्षीय वालक दुर्गा विश्वकर्मालाई कपडा र फलफुल सहयोग गरे ।
युवा ब्यवसायी यादव शैघाली र पत्रकार सागर थापाको सहभागितामा पोषण गृहकी प्रमुख लक्ष्मी गैरेमार्फत पोषणगृहमा भर्ना गरेर उपचार गराइरहेकी विश्वकर्माकी छोरालाई भट्टराइले कपडा र फलफुल हस्तान्तरण गरे ।
कुपोषित वालवालिकालाई आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गरेकोमा पोषण गृहकी प्रमुख लक्ष्मी गैरे र कुपोषित बालककी आमा चुमादेवी विश्वकर्माले धन्यवाद दिए ।













प्रतिक्रिया