२५ कार्तिक २०८३, बुधबार

राजनीतिक आन्दोलनले स्थापित नेपालको परिचय अब खेलकुदबाटः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, १४ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्ष पहिलाको राजनीतिक आन्दोलनले विश्वभरी एक ढंगले स्थापित गरेको नेपालको परिचय अहिले खेलाडीहरुबाट विभिन्न स्तरमा भएको बताउनु भएको छ ।

अखिल नेपाल खेलकूद संघद्वारा आज राजधानीमा आयोजित प्रथम स्व. लक्ष्मण शमसेर थापा र स्व.पोष्टबहादुर बोगटी स्मृति बक्सिङ टुर्नामेन्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिका निराश कार्यक्रमका बीचबाट खेल प्रतियोगिताका कार्यक्रममा सहभागी हुँदा मलाई धेरै नै हर्ष र खुसी लाग्छ ।’

नेपालमा अहिले अरु सबै क्षेत्र भन्दा केही आशा गर्न सकिने र गर्व गर्न सकिने क्षेत्र भनेको खेल क्षेत्र नै भएको उहाँको भनाई थियो । उहाँले त्यसको निम्ति सबै खेलाडीहरु, आयोजकहरु र यसमा सहयोग गर्ने सबैलाई विशेष रुपले धन्यवाद पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खेल क्षेत्रले नेपाललाई परिचित गर्ने र जनतामा आत्मा–अनुशासन पैदा गर्ने अभियान जारी रहोस् भन्दै आफू सधै खेलाडीहरु कै साथमा रहने बताउनुभयो । कार्यक्रममा पार्टीका सचिव तथा नेपाल सरकारका उर्जा मन्त्री टोपबहादुर रायामाझीको पनि उपस्थिति रहेको थियो ।