१७ कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, १४ वैशाख । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) दोस्रो वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७२ साल भदौ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे (बिएफए) दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

उक्त परीक्षाको  (www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np & www.educationonkhabar.com) मा पनि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।

साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस