२९ आश्विन २०८३, बिहिबार

क्रिस्चियनहरुले नेपालमा सम्राज्य स्थापना गर्न खोजेका छन् !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dirgha-raj-parsaiसम्राज्यवादी इसाई राष्ट्रहरुले इसाई धर्म, अंग्रेजी भाषा, इस्वी संवत् र टाईलाई विश्वब्यापीरुपमा ब्यापक बनाएर त्यसैको आधारमा आफ्नो प्रभाव जमाउनमा लागेका छन् । तर नेपालले आफ्ना परम्परा मान्यताहरु, राष्ट्रिय पोसाक, आफ्नै मौलिक विक्रम संवत्, हिन्दु तथा बौद्ध अस्मितलाई जोगाई आएको छ । तर पनि कतिपय हामी नेपालीहरु नबुझेर टाईलाई घाँटीमा बाँधेर गजक्क पर्ने गर्छौं र हामीहरु टाई बाधेर सभ्य बनेको ठान्छौं ।

नेपाल हो यो । तर नेपालमा टीभी समाचार वाचक र अन्र्तवार्ता लिने नेपालीहरु नैं ठाँट परेर मुडुलो टाउको देखाउँदै टाई बाँधेर नेपाली भाषामा बोल्छन् । नेपाली टीभीहरुमा समाचार वाचक र अन्तरवार्ता लिनेहरुले नेपालबाट कार्यक्रम संचालन भइरहेको संदेश दिएर आफ्नो पहिचान दिनु पर्ने हो । नेपालको पहिचान भनेको टोपी, दौरा सुरुवाल, सारी–चोलो हो । कुर्ता, धोती वा सुट–टाई बाँधेर नेपालका संचार माध्यममा देखिदा हामी कतिपय नेपालीहरुले आफ्रनो पहिचानलाई संकटमा पार्दैछौं । क्रिस्चियनहरु जसरी हुन्छ विश्वका अनेकौं राष्ट्रहरुमा धर्मको नाममा सम्राज्य स्थापना गर्न खोजेका छन् । सीआए र यूरोपका इसाई राष्ट्रहरुले पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौं देशको विखण्डन गराएर लुट मच्चाउँदै अनेकौं विखण्डनकारी कार्यमा लागिरहेका छन् ।

अहिले दक्षिणपूर्व एसियालाई पनि क्रिस्चियनकरण गर्नमा पश्चिमी देशहरु त्यसरी नैं खनिएका छन् । अहिले नेपालभित्र त्यो रोग सल्केको छ । नेपालमा बहदलीय व्यवस्था आएपछि सत्ताका अगुवाहरुलाई हात लिएर भित्रभित्रै धर्म परिवर्तन गराए । २०६३ सालपछि धर्मनिरपेक्षको नाममा त नेपालको चीरहरण गर्न लागेका छन् । क्रिस्चियनहरु जसरी हुन्छ विश्वका अनेकौं राष्ट्रहरुमा धर्मको नाममा सम्राज्य स्थापना गर्न खोजेका छन् । सीआए र यूरोपका इसाई राष्ट्रहरुले पैसाको बलमा अफ्रिका र अरबभित्र पसेर कैयौं देशको विखण्डन गराएर लुट मच्चाउँदै अनेकौं विखण्डनकारी कार्यमा लागिरहेका छन् । तसर्थ अब नेपालको अस्तित्व बचाउन इसाईहरुलाई यो भूमिमा चलखेल गर्न दिनु हुन्न । विश्वमा शान्ति स्थापनाको लागि हामी सबैले सह–अस्तित्वको मान्यतागर्दै नेपालमा हिन्दु अधिराज्य सहितको राजसंस्थाको संरक्षणमा हामी सबै नेपालीहरु आफ्रना गौरवमय मान्यताहरुको सम्मान गर्नसक्ने वातावरण बनाउन उद्यत्त रहौं ।