१७ कार्तिक २०८३, मंगलबार

सेनाको हेलिकप्टर उडाएको समाचारमा रक्षामन्त्रीको असन्तुष्टि, यथार्थ लेख्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal-1

काठमाडौं, १४ वैशाख । ‘सेनाको हेलिकप्टर पार्टीको कार्यक्रममा’ भन्ने समाचारमा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आपत्ति जनाएका छन् ।

उनले यो समाचारलाई भ्रामक भनेका छन् । मंगलबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकले माथिकै शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

रक्षामन्त्रीको निजी सचिवालयद्धारा विज्ञप्तिमा ‘सेनाको हेलिकप्टर पार्टीको कार्यक्रममा’ भन्ने शीर्षकमा प्रकाशित समाचार तथ्यमा आधारित नभई भ्रामक भएकोले त्यसबारे यथार्थ विवरण प्रकाशित गरी जनतालाई सुसूचित गरिदिन आग्रह गरिएको छ ।

यस्तो छ रक्षामन्त्रीको सचिवालयद्धारा जारी विज्ञप्तिः

Bhim-Rawal