मोरङ, १४ बैशाख । मोरङमा मंगलबार विहानै अचानक फायरिङ भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पथरी शनिश्चरे नगरपालिका–८ स्थित पथरी सानेपोखरी बीच जंगलमा फायरिङको आवाज आएको थियो । फायरिङको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार विहान जंगल सर्च गर्दा सोही ठाउँ बस्ने ४० बर्षीय राम अर्याललाई लोड गरेको भरुवा बन्दुकसहित फेला पारेपछि पक्राउ गरेको छ ।
उनी सिकार खेल्न हतियारसहित जंगल गएको हुनसक्ने अनुमान प्रहरीको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया