१७ कार्तिक २०८३, मंगलबार

पाथिभरा हिँडेको जिप दुर्घटना, सात घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

ताप्लेजुङ, १४ वैशाख । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि आउँदै गरेको जिप पाँचथरमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

इलामको कन्यामबाट ताप्लेजुङ आउँदै गरेको ना १ ज ४५०१ नम्बरको जिप मेची राजमार्ग अन्तर्गत पाँचथरको अमरपुर ७ मा अनियन्त्रीत भई दुर्घटना हुँदा सात जना घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । जिपमा चालक सहित १५ जना सवार रहेका थिए ।

घाइते सातै जनाको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपछि झापाको वि एण्ड सि अस्पताल पठाइएको प्रहरीले जनाएइको छ ।

चालक इलाम सूर्योदय नगरपालिका ६ बस्ने ३२ वर्षीय भक्त श्रेष्ठ ईलाका प्रहरी कार्यालय अमरपुरको नियन्त्रणमा रहेको पाँचथर प्रहरीले बताएको छ ।