२५ कार्तिक २०८३, बुधबार

दुर्घटनामा दुईको मृत्यु, चार जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

स्याङजा, १४ वैशाख । स्याङजामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीरकोट नगरपालिका–५ हेलुमा सोमबार राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार हेलुबाट ढुङ्गा लिएर वालिङतर्फ आउँदै गरेको ग१त २५५७ नंको ट्र्याक्टरको ट्रली खुस्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी भिरकोट नपा वडा नं ३ बस्ने २० वर्षीय विनोद माझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा तथा भिरकोट नपा–३ का १४ वर्षीय रोमकान्त बोटेको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।