काठमाडौं, १४ वैशाख । हत्या अभियोगमा आजीवन कारणबासको सजाय पाएका बालकृष्ण ढुङ्गेलले सर्वोच्च अदालतको फैसलालाई नमान्ने बताएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै ढुङ्गेलले द्वन्द्वकालीन विषयलाई उठाएर सर्वोच्चले आफूमाथि अन्याय गरेको आरोप लगाए ।
हत्या अभियोगमा सर्वोच्च अदालतबाट आजीवन कारावासको सजाय पाएका ढुङ्गेल भाग्दै आएका छन् । उनीले अदालतको फैसलालाई कुनै पनि हालतमा नमान्ने बताएका छन् ।
‘म एकीकृत माओवादीको केन्द्रीय सदस्य हुँ । मेरो फिल्डमा जुटीरहेको छु । म फरार होइन । म प्रतिरोधात्मक आन्दोलनमा रहेको सदस्य हुँ’, उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूले मविरुद्ध अन्यायपूर्ण फैसला गरेका छन् । अदालतको फैसलालाई मैले मान्दैन ।’
ओखलढुङ्गामा उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सजाए पाएका ढुङ्गेल राजनीतिक संरक्षणमा बच्दै आएका छन् । उनलाई पक्राउ गरेर सजाय कटाउन सर्वोच्चले पटक पटक आदेश र फैसला दिएको छ । तर, एमाओवादीका नेता ढुङ्गेल राजनीतिक आडमा खुलेआम हिँड्ने गरेका छन् ।












प्रतिक्रिया