१७ कार्तिक २०८३, मंगलबार

भारतबाट बहुमुल्य धातु चोरेको आरोपमा भुल पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Logoo

– हेमन्त पौडेल
धनगढी, १३ वैशाख । भारतको दिल्लीबाट बहुमुल्य धातुका सामग्री चोरी गरि ल्याएको आरोपमा डोटीका शंकर भुललाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच दिनअघि भुललाई बाँकेको नेपालगञ्जबाट काठमाडौंबाट आएको प्रहरी र धनगढीबाट गएको प्रहरी टोलीले बाँके प्रहरीको सहयोगमा पक्राउ गरि धनगढी ल्याइएको हो । उहाँसंगै डोटीका ढुले भुल, सोनु भुल र तेज विकलाई पनि धनगढी ल्याइएको छ । उहाँहरुको पक्राउ बारेमा प्रहरीले अनभिज्ञता देखाएको छ ।

चारै जनालाई सेती अञ्चल प्रहरी कार्यालय धनगढीले केरकार गरेर थुनाका लागि कैलाली प्रहरीको जिम्मा लगाएको छ । हाल चारै जनालाई सार्वजनिक मुद्धा चलाएर थुनामा राखेको छ । शंकर भुल सहितको टोलीले प्रहरी पोशाकमा रहेका प्रहरीलाई हातपात गरेको आरोपमा सार्वजनिक मुद्धा लगाएको छ । तर प्रहरीले यो घटनालाई लुकाउन खोजेको छ । सुराकीको आधारमा शंकरलाई नेपालगंजबाट पक्राउ गरेपछि प्रहरीले केरकार गरेका आधारमा उनले भारतबाट ल्याएको बहुमुल्य गहना धनगढी बसपार्क नजिकको एक पसलबाट प्रहरीले बरामद गरेको थियो ।

पसलको सटरमा रहको काठको कभरभित्रबाट सो गहना सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी विजय भट्टले बरामद गर्नुभएको थियो । उक्त सामान बरामद गर्न डिआइजी भट्ट अपरान्ह पाँच बजेतिर सो ठाउँमा पुग्नुभएको थियो । स्रोतका अनुसार सो सामान सहित शंकरलाई पक्राउ गर्न भारतीय सिआडी एक महिनादेखि लागेको दावी छ ।

डिआईजी भट्ट सहितको टोलीले शुक्रवार छापामार्दा एक पोका पिंक कलरको सुर्के थैलीमा राखिएको गहना लगेका थिए भने अर्केा एक पोका हरियो रंगको सुर्के थैलीमा राखिएको थियो । हरियो सुर्के थैलीमा राखेको गहना प्रहरी नायव निरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले शनिवार बरामद गरेको थियो । प्रहरीले बरामद गरेको पोकाहरुको आकार ६ बाई ६ को साइजमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो अवसरमा प्रहरीले बनाएको मुचुल्कामा स्थानीयहरुलाई साँची राखी हस्ताक्षर गराएकाछन् । पोकाहरु पुरै नखोली केही सामग्रीहरु देखाएर साँचीमा हस्ताक्षर गराएको एक स्थानीय बासिन्दाले बताउनुभयो । स्थानीयहरुका अनुसार चुरा,नेगलेट,औंठी,शिक्री लगायतका सामग्रीहरु रहेका थिए । पहेँलो र सेतो धातुका सामग्री देखिएका एक प्रत्यक्षदर्शीले जानकारी दिनुभयो । सामान बरामद पछि स्थानीयले खिचेको तस्बिर समेत प्रहरीले हटाउन लगाएको थियो ।

कैलालीको सदरमुकाम धनगढीमा भएको घटनाको बारेमा कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले कुनै जानकारी नभएको बताउँदै आउनुभएको छ । पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा राखिएका ब्यक्तिहरुको बारमो कुनै जानकारी नभएको जवाफ एसपी विष्टले दिनुभएको छ । अरुमलाई केही थाहा छैन हाम्रो प्रहरी टोलीमाथि हातपात गर्न लागेकाले शंकरलाई पक्राउ गरेर सार्वजनिक मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाइएको छ अरुका बारेमा मलाई थाहा छैन एसपी विष्टले भन्नुभयो ।

यस अघिका भारतबाट नगद तथा जिन्सी सामान चोरी गरि ल्याएको घटनालाई गुपचुपमा राख्दै आएको थियो । प्रहरीका एक अधिकृतका अनुसार भारतबाट चोरी गरि ल्याएका सामानको बारेमा नेपाल प्रहरी बद्नामी भएको बताउनुभएको छ ।

भारतबाट ल्याएको नगद र जिन्सी सामानका बारेमा नेपाल प्रहरीभित्रनै अपारदर्शी हुने गरेकाले जनतामा नेपाल प्रहरीप्रति शंका गर्ने गरेकाछन ती अधिकृतले भने । यसपटकको यो घटनलाई पनि प्रहरीले दुई देशको सम्बन्धको कुरा उठाएर अपारदर्शी निर्णय गरेको छ । सुरक्षाको कुरा आउने भए दुई देशको सम्बन्धको कुरा आउने थियो भारतबाट चोरी ल्याएको कुरा सार्वजनिक गर्नुपर्ने कुरा उठ्दा दुई देशको सम्बन्धको कुरा उठ्नुपर्ने कुनै कारण नभएको नागरिक समाजका अगुवा हरि रेग्मीले बताउनुभयो ।

प्रहरीका यस्तै अपारदर्शी कुराले संगठन बद्नाम हुँदै गएको उहाँको भनाई छ । भारतबाट चोरी गरि ल्याएको कुरा सार्वजनिक गरेर जसकोहो त्यो ब्यक्तिलाई बुझाउनुको साटो गुपचुप राखेर आफ्नो अनुकुलमा निर्णय गर्ने तयरीमा प्रहरी लागेको आरोप रेग्मीको छ । चोरीको घटनालाई दुई देशको सम्बन्धको कुरा उठाएको विषय स्थानीय बासिन्दाहरुलाई मन परेको छैन । कुननीतिक मामलाको कुरा उठाएर यसमा प्रहरीले चलखेल गर्न खोजेको आरोप समेत स्थानीयको छ । अहिलेसम्मका यस्ता घटनाको बारेमा स्पष्ट सूचना जनतालाई प्रहरीले नदिएकाले यो घटनाको वास्तविकता बाहिर आउने कुरामा शंका उत्पन्न भएको छ ।

एक सातादेखि धनगढी बस्दै आउनुभएका डिआइजी भट्टको प्रत्यक्ष उपस्थितिमा बहुमुल्य वस्तुका गहना बरामद भएकाछन् । डिआजी भट्टका अनुसार यो घटनालाई बाहिर ल्याउन नमिल्ने बताउनुहुन्छ । सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ डिआजी भट्टले गोलमोटल भाषामा दिँदै आउनुभएको छ । सकभर यो कुरा बाहिर नल्याउने योजनामा रहनुभएका डिआजी भट्टले दुई देशको सम्बन्धको कुरा भएकाले यसलाई नउठाउन सञ्चारकर्मीलाई भन्नुभएको थियो ।

बाहिर देशबाट चोरी ल्याएको आरोपमा कार्वाही गर्ने कानुनी ब्यवस्था नभएकाले भुलसहितको टोलीलाई सार्वजनिकमा मुद्धा चलाइएको छ । कार्वाही गर्ने कानुन छैन भने पक्राउ गर्ने कानुन पनि त छैन होलानी एक स्थानीयले भने । प्रहरीको नियत सफा हो भने वरामद गरेको सामग्री किन सार्वजनिक गरे यो प्रश्न गम्भीर उठेको छ । तर प्रहरी प्रवक्ता माधवप्रसाद जोशीका अनुसार बरामद गरिएको सामान भारतीय दुतावास मार्फत कुटनीतिक तरिकाले फिर्ता गर्ने जानकारी दिनुभयो ।