१७ कार्तिक २०८३, मंगलबार

बाजुराका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura-pustak (4)
स्टेशनरी वितरण गर्दे त्रिपुरासुन्दरी प्राथमिक विद्यालयका प्रधानाध्यापक पूर्णवहादुर वुढाथापा ।

बारबिस (बाजुरा), १३ वैशाख । वाजुराको वारविस गाविस–६ किमगाउँस्थित त्रिपुरासुन्दरी प्राथमिक विद्यालयका एक सय दुई विद्यार्थीको पठनपाठनमा सहज बनाउन स्टेशनरी सामग्री सहयोग गरिएको छ ।

जर्मनीको नेप्लिज वोण्डिङ इनको सहयोगमा विद्यार्थीलाई स्टेशनरी सहयोग गरिएको हो । सोमवार भएको एक समारोहका वीच कक्षा १ देखि ४ सम्मका वालवालिकालाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, त्रिपुरासुन्दरीका व्यवस्थापन समितिका अध्यक्ष विर्मा नेपाली,प्रधानाध्यापक पूर्णवहादुर वुढाथापा, त्रिशक्ती उच्चमाविका पूर्व अध्यक्ष रामवहादुर थापा लगायतले स्टेशनरी वितरण गरेका थिए ।

त्रिपुरासुन्दरीका शिक्षक नैनवहादुर थापाका अनुसार प्रत्येक विद्यार्थीलाई ११ वटा गरेर एक हजार दुई सय थान कपी वितरण गरिएको छ । त्यस्तै प्रत्येक विद्यार्थीलाई एक डटपेन पनि दिइएको थियो भने कक्षा ३ र ४ का ४० जना विद्यार्थीलाई ४० वटा जोमेट्री वक्स दिइएको थियो । त्रिपुरासुन्दरीमा ६० जना दलित र ४३ जना गैरदलित वालवालिका पढ्ने गरेका छन ।

सो अवसरमा वोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य गरिव धनी होइन पढाईमा जेहेन्दार विद्यार्थीलाई आगामी दिनमा पनि स्टेशनरी र पोशाक सहयोग गराउने प्रयास गर्ने वताए ।

स्कुलका प्रधानाध्यपाक वुढथापाले विकट जिल्लाको स्कुललाई सहयोग दिनु स्मरणयोग्य काम भएको वताउदै आगामी दिनमा पनि स्ुटेशनरी र भौतिक निर्माणमा सहयोग गर्न जर्मनी लगायतका देशमा रहेका नेपालीहरुलाई आग्रह गरे ।

जर्मनीको नेप्लिज वोण्डिङ इनका अध्यक्ष प्रकाश पौडेलका अनुसार जर्मनीको स्टुगार्डमा गरिएको कवड्डीकवड्डी च्यारिटी सो मा संकलन भएको रकम मध्ये झण्डै ३९ हजार रुपैयाँको स्टेशनरी विद्यार्थीहरुलाई दिइएको हो ।

सोही संस्थाका रमण पनेरुले कापी, कलम नपाएर स्कुल छोड्नु पर्ने अवस्थाको अन्त्य गर्ने सहयोग पुर्याउन स्टेशनरी किन्न रकम पठाइएको बताए ।

Bajura-pustak (1)
स्टेशनरी वितरण गर्दे नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह ।
Bajura-pustak (2)
स्टेशनरी वितरण गर्दे त्रिपुरासुन्दरीका व्यवस्थापन समितिका अध्यक्ष विर्मा नेपाली ।
Bajura-pustak (3)
स्टेशनरी वितरण गर्दे त्रिशक्ती उच्चमाविका पूर्व अध्यक्ष रामवहादुर थापा ।