दोहा । खोटाङ बस दुर्घटनाका मृतकहरुको सम्झनामा कतारमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।
खोटाङ जिल्लामा गत चैत ३० गते वर्षको अन्तिम दिन दिक्तेलबाट यात्रु बोकेर काठमाडौं हिडेको बस महादेबस्थान गाबिस वार्ड न. १ बर्खेटारस्थित अचानक बस दुर्घटना हुँदा उक्त बसमा सवार रहेका मध्ये २४ जनाको दुर्घटना स्थलमा र १ जनाको उपचारको क्रममा दुःखद निधन भएको थियो ।
दुर्घटना भएको १३ औ (तेर्हौ) पुन्यतिथिको दिनमा मृतकहरुको सम्झनामा खोटाङ सेवा समाज दोहा कतारले मृतकहरु प्रति चिरसान्तिको कामना गर्न श्रन्दान्जली शोक सभाको आयोजना गरेको हो ।
उक्त श्रन्दान्जली शोक सभामा सस्थाका अध्यक्ष प्रकास गुरुङ प्रथम उपाध्यक्ष तिला बहादुर खत्री दितिय उपाध्यक्ष एकराज राई, महासचिव रुद्र प्रसाद आचार्य, सह–कोषाध्यक्ष लेख कार्की सदस्यहरु(जैबी राई,दिनेश कार्की,रबिन सेर्पा,बलराम तामाङ,टीका श्रेष्ठ, सन्तोष आले खोटाङ्गे गजलकार मणि पौडेल सस्थाका सल्लाहकारहरु चानक पोख्रेल, चन्द्रसेर राई, मुगा पुरी, देबराज राई,हरि बस्नेत,अमृतकुमार राई, भईकाजी गुरुङ, सल्लाहकार तथा एनआरएनए एनसिसि कतारका अध्यक्ष समेत रहेका बिनेश तामाङ त्यस्तै नेपाली जनप्रगतिसिल मञ्च कतारका अध्यक्ष शनि कुमार ओलि लगायत अन्य यस यस सस्थाका सुभचिन्तकहरुको पनि उपस्तिथितमा श्रन्दान्जली सभा गरेको हो ।

उपस्तिथित सबैले मृतक हरुको सम्झनामा एकमिनेट मौनधारणा गर्नुका साथै दिप दिप प्रज्वलन गरि श्रन्दान्जली अर्पण गरेका थिए । श्रन्दान्जली अर्पण गर्दै गर्दा महासचिव रुद्र प्रसाद आचार्यले मृतकहरुको नाम पढेर सुनाएका थिए । उपस्थित सबैले शोक मन्त्यब राख्दै त्यस दुःखद घटनाले खोटाङ्गे लाई मात्रै नभई उक्त दुर्घटना देख्ने र सुन्ने नेपाली सबैलाई सोकाकुल पारेर गएको प्रती दुख ब्यक्त गर्नुका साथै मृतकहरु प्रती भाबपुर्ण श्रन्दान्जली सोकाकुल परिवारजनमा समबेदना ब्यक्त गरेका थिए भने उपचाररत घाइते हरुको सिघ्र स्वस्थ्य लाभको कामना गरेका थिए । यसैगरि गत वैशाख १२, २०७२ सालको महा(भुकम्पमा परि ज्यान गुमाउने हरु प्रती पनि सम्झना स्वोरुप श्रन्दान्जली अर्पण गरिएको थियो ।
श्रन्दान्जली मन्तव्य राख्नुहुने प्रायः सबैले भबिष्यमा त्यस्ता भयानक र कहालीलाग्दो सम्भाबित दुर्घटना रोक्न तर्फ सबैको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिनु भएको थियो ।
खोटाङ जिल्लामा सम्भबित दुर्घटनाबाट वच्नका लागि छुट्टै किसिमको जनचेतना मुलक कार्यक्रम लागू गर्नु पर्ने तथा बस चालक हरुलाइ उचित प्रशिक्षण हुनु पर्ने पहाडी सागुरो बाटो कच्ची सडक भएकोले तुरुन्तै सडक स्तरोन्नति र कालोपत्रे गर्न जिल्लाका सडक बिभाग र सरकार सग माग समेत प्रबासबाट गरिएको महासचिब आचार्यले जानकारी दिनु भएको छ ।
















प्रतिक्रिया