१७ कार्तिक २०८३, मंगलबार

बाघको आक्रमणबाट भारतीय नागरिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tiger_withinडोटी, १३ वैशाख । डोटी जिल्लामा बाघको आक्रमणबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

भारत हिमाञ्चल प्रदेशको काँगडा घर भई हाल दिपायल सिलगढी नगरपालिका–७ कुलपातेमा बस्दै आएका ५५ वर्षीय जगदीशको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो

ओझाका अनुसार जगदीश भद्रकाली रोजिन एण्ड टर्पेनटाईन कम्पनीका कार्यरत हुनुहुन्थ्यो । बाघको आक्रमणबाट ज्यान गुमाएका जगदीशको शब सोमवार बिहान क्षतविक्षत अवस्थामा भेटिएको ओझाले जानकारी दिनुभयो ।

मृतकको शब पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पताल पुगाइएको छ ।