
काठमाडौं, १३ वैशाख । काठमाडौंमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बा १२ च ६४४३ नम्बरको कारले आइतबार राति लाजिम्पाटमा बा ३४ प १६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकका २० वर्षीय सुमन श्रेष्ठकोे मृत्यु भएको प्रहरीले जनाएको छ।
कारको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार तनहुँका सुसन गुरुङ गम्भीर घाइते भएको र उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया