– विजय थापा
वाशिंगटन डिसी, १३ वैशाख । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपालमा अझै संकट चर्कन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा प्रवासी नेपाली एकता समाजको प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई संकटबाट जोगाउने बेला आएको बताउनुभयो । त्यसका लागि सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
थापाले १० वर्षे जनयुद्ध र राजनीतिक संक्रमण कालले देश थिलथिलो भएको बताउनुभयो । àनेताहरुको अकर्मन्यताको कारण देशले सहि मार्ग लिन सकेन’, उहाँले भन्नुभयो, ‘मार्ग चित्र बनाउन नसक्नुको कारण आर्थिक विकासमा देश निकै पछाडि पुगेको छ ।’ सम्बोधनका क्रममा थापाले प्रमुख दलका नेताहरू विषबमन गर्नुभएको थियो ।
अमेरिकाको संविधान पनि पटक पटक सुधारिएको बताउनुभएका मन्त्री थापाले भन्नुभयो, ‘नेपालको संविधान शतप्रतिशत ठीक छ भनिहाल्न मिल्ने ठाउँ छैन ।’
९२ प्रतिशतले अहिलेको संविधानलाई दस्तखत गरिएको बताउनुभएका उहाँले संविधानले विचारको स्वतन्त्रता, दल प्रतिबन्ध गर्न नपाउने, आवधिक निर्वाचन र संविधान संशोधन गर्न पाइने प्रत्याभूति गरेको बताउनु भयो ।















प्रतिक्रिया