१७ कार्तिक २०८३, मंगलबार

विद्यालयलाई विशालबजार जस्तो व्यापारिक केन्द्र नबनाउँः अखिल (क्रान्तिकारी)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akl

– विकाश पराजुली
बुटवल, १२ वैशाख । विद्यालयलाई विशाल बजार जस्तो व्यापारिक केन्द्र नबनाउन अखिल (क्रान्तिकारी) ले माग गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा विभिन्न शिर्षकमा उपशिर्षक राखि जथाबावी शुल्क लिएको भन्दै विद्यालयलाई विशाल बजार जस्तो नबनाउन अखिल (क्रान्तिकारी) माग गरेको हो । आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अखिल (क्रान्तिकारी)ले निजि विद्यालयहरुले शुल्क मापदण्डको धज्जी उडाउँदै खुलायम शुल्क लिएको भन्दै लिइएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरुलाई अपिल समेत गरेको छ ।

जिल्ला अध्यक्ष रुपेश पौडेलले मनोमानि रुपमा किताव, कापी, जुत्ता, मोजा, टाई, बेस्ट लगाएतलाई बकम्भुसे फर्जी शिर्षकमा शुल्क असुल गरी अभिभावकको ढाड सेकेको भन्दै त्यसरी लिइएको शुल्क फिर्ता विद्यालयले गर्नु परे बताए । उनले विद्यालयले रकम फिर्ता नगरे पुनः पत्रकार सम्मेलनको आयोजना गरी विद्यालयको नाम समेत सार्वजनिक गर्ने बताए ।

विद्यार्थी संगठन तथा सरकार बीच भएको १० बुँदे सम्झौता विपरित शुल्क लिइएको भन्दै उक्त शुल्क फिर्ता गर्न विद्यार्थी संगठनले माग गरेको हो ।

अध्यक्ष पौडेलले विद्यालयहरुले पुस्तकमा समेत सिन्डीकेट लगाएकाले त्यस्ता पुस्तकहरु आफूहरुले जफत गर्ने बताए । उनले भने– ‘बुटवलको एक स्कुलमा स्वमिङ पुल नभएकोमा स्वमिङ पुलको शुल्क समेत लिइएको छ, यसैबाट थाहा हुन्छ कि शिक्षामा विद्यालयहरुले कति ब्रहलुट गरेका छन् ।’