– कृष्ण ओझा
पाँचथर, १२ वैशाख । महाभूकम्प दिवस पाँचथरको फिदिममा पनी मनाइएको छ ।
दैबि प्रकोप उद्धार समिति र रेडक्रस सोसाईटी पाँचथरको आयोजनामा वैशाख १२ गते ११ः ५६ बजे जिल्लाका सरोकारवाला, सर्वसाधारणको उपस्थीतिमा मनाईको हो ।
फिदिमको गणतन्त्र चोकमा सरकारी कार्यालयका प्रमूखहरु, गैसरकारी सस्थाका अध्यक्ष बालकृष्ण ओझा, शिक्षक, शिक्षिका, संचारकर्मी, श्रोत ब्यक्ति साबित्री देवी गुरुङ, ब्यवसायी, जिल्लास्थित सूरक्षा अधिकारीहरु लगायतको उपस्थितिमा मनाइएको छ ।
महाभूकम्पबाट मृत्यु हुनेहरुको आत्माको सम्मानमा ठिक ११ः ५६ बजे गणतन्त्र चोकमा मौन धारण गरीएको थियो । कोणसभा कार्यक्रमलाई जिल्ला दैबी प्रकोप समीतिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी परुषोत्तम घिमिरेले भूकम्पबारे सचेत रहन र सबै चनाखो रहनुपर्ने बताए । घिमिरेले धन्यबादसहित समापन गरेका थिए ।
दिवस कार्यक्रममा स्थानीय राजनैतिक पार्टीका प्रुूख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।













प्रतिक्रिया