खोटाङ, १२ बैशाख । खोटाङमा चट्याङ पर्दा एक जनाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाक्सीला-५ स्थित पृथ्बी उच्च माध्यामिक बिद्यालयको खेल मैदानमा फुटबल प्रतियोगिता खेल भइरहेको स्थानमा शनिबार चट्याङ पर्दा सत्यश्वर-६ बस्ने ६२ बर्षीय जगत बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर बाक्सीला-७ बस्ने १८ बर्षीया प्रमिला राई सहित अन्य ११ जना घाइते भएकोले नेपाली सेनाको हेलिकप्टरद्धारा काठमाडाँै पुर्याई बिर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यसैगरी नुनथला–१ मौरीगाँउ बस्ने धन बहादुर राईको घरमा शनिबार चट्याङ पर्दा उनको ७३ बर्षीया श्रीमती बिबिशोभा राईको घटनास्थलमै मृत्यु भएको छ ।












प्रतिक्रिया