– अनिल खत्री
गुल्मी, १२ वैशाख । वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका गुल्मीका एक युवाको मृत्यु भएको छ ।
जिल्लाको मलागिरी गाविसको धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाईते भएका मलागिरी वडा नं. २ का २१ वर्षका कमल खड्काको उपचारको क्रममा काठमाडौंको मोडल अस्पतालमा मृत्यु भएको हो ।
गत चैत २९ गते राती उक्त सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाईते खड्कालाई जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछी थप उपचारको लागी पाल्पा स्थित मिसन अस्पताल लगिएको थियो । खड्काको मिसन अस्पतालमा पनि उपचार हुन नसकेपछी उनलाई आफन्तले आर्थिक अभावका करण आफनै घरमा फर्काएर ल्याएका थिए । आगोबाट उनको सरिरको ६५ प्रतिशत भाग जलेको अस्पताल जनाएको थियो ।
खड्काको उपचारमा समस्या आएको थाहा पाएसगै जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपरा कँणेलको नेतृत्वमा जिल्लाका राजनितीक दल,जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी, समाजसेवी, पत्रकारहरुको पहलमा बैशाख १ गते सदरमुकाम तम्घासमा रु २६ हजार आर्थिक संकल गरि काठमाडौं स्थित मोडल अस्पतालमा पठाइएको थियो । खड्को परिवारलाई राहत स्वरुप काजक्रिया वापत रु ४० हजार जिल्ला प्रशासन गुल्मीबाट परिवारजनलाई दिने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले जानकारी दिनुभयो ।
खड्काको थप उपचारको व्यवस्थमा काठमाडौंको मोडल अस्पतालले पनि सहयोग गरेको थियो । उनको औषधी वाहेक अन्य खर्च अस्पतालले गरेको थियो । गत सोमवार उक्त सामुदायिक वनमा लागेको आगो बस्ती जनिकै आए सगै उनि आगो निभाउने क्रममा आगोबाट जलेर गम्भिर भएका थिए ।
पछिल्ला केहि दिन यता गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका साहयक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो । केहि दिन यता लागेको आगोबाट गुल्मीमा तिन वटा घर र दुईवटा गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट गोठमा रहेका भैसी र बाख्रा मरेका थिए ।












प्रतिक्रिया