१७ कार्तिक २०८३, मंगलबार

मध्यपश्चिमाञ्चल क्षेत्रमा एक बर्षमा ११ सय बढी जनघन्य अपराध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dig-pasupati-updhya

– श्रीकान्ता कुमार गुप्ता
बारा, १२ बैशाख । मध्यपश्चिमाञ्चल क्षेत्रमा एक बर्षमा पौने एगार सय भन्दा बढी जनघन्य अपराध भएको छ ।

चालु बर्ष २०७२–०७३ मा एक हजार ८६ जनघन्य अपराध भएको मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले जनकारी दिएको छ । गत बर्ष २०७१–०७२ को तुलनामा २५५ जनघन्य अपराध कम भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

गतबर्ष २०७१–०७२ मा चौध सय ३९ जनघन्य अपराध भएको थियो । गत बर्षको तुलनामा यस बर्ष २५५ ले जनघन्य अपराध कम भएको कार्यालयका प्रमुख डीआईजी पशुपति उपाध्यले बताउनुभयो ।

२०७१–०७२ मा सब भन्दा बढी तीन सय १२ जनाले लागुऔषधमा अपराध गरेको उपाध्यले बताए । चोरीबाट एक सय ९३ जना, जबरजस्तीकरणीबाट एक सय ६५ जना, ज्यान मार्ने उद्योगबाट एक सय ३४ जनाले अपराध गरेको तथ्यांक सार्वजनिक भएको हो ।

त्यस्तै, कर्तव्य ज्यानबाट १०७ जना, मानव बेचबिखनबाट १८ जना, डाकाबाट १० जना, अपहरणबाट ८ जना, आगलगीबाट १०३ जना र हातहतियार खजानाबाट ३६ जनाले अपराध गरेको उपाध्यले जानकारी दिनुभयो ।

कार्यालयले अपराध नियन्त्रणका तीन ओटा रणनीति अपनाएको र प्रबर्द्धनात्मक गतिविधी निषेधनात्मक गतिविधी अनुसन्धनात्मक गतिविधी अपनाएर जनघन्य अपराध नियन्त्रण गरिएको तथ्यांकमा उल्लेख छ ।