३० आश्विन २०८३, शुक्रबार

कार्की र खनाल साईकलसहित स्विजरल्यान्डमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13092063_1175571462454321_7947254659178665342_n– बिजय शर्मा दर्पण

स्विजरल्याण्ड । विश्व शान्तिको कामना गर्दै बिश्व साईकल यात्रामा निस्किएका ताप्लेजुङ्गका लोकबन्दु कार्की र काभ्रे पलान्चोकका जनार्दन खनाल यतिखेर स्विजरल्याण्डमा आई पुगेका छन् । उक्त टोलीलाई स्विजरल्याण्डको एन आर एन लगायत बिभिन्न संगठन,संघ,सस्थाहरुले सम्मान र सहयोग गरेका छन् ।

बिश्वमा दिगो शान्ति, मानव भाईचारा र नेपाली पहिचानका लागि पर्यटन पर्वधन भन्ने मूल नारालाई आत्मासाथ गर्दै नेपाललाई बिश्व सामु चिनाउने उदेश्य लिएर बिश्व साईकल यात्रामा निस्कनु भएका कार्की र खनाल स्विजरल्याण्डको राजधानी बर्नमा छन् ।

२००४ डिसेम्बर ७ का दिन नेपाल बाट साइकल यात्रा गर्नुभएका टोलि अहिले सम्म ११८ वोटा देशमा बुद्द नेपालमा जन्मिएका हुन्का साथमा सगरमाथाको देश नेपाल भनेर प्रचार गर्दै आएको बताउँछन ।

विश्व साईकल यात्राको अनुभव र आफुले बाँड्दै हिँडेको सन्देश हरेक देशमा गएर अरुलाई दिँदा आफूहरुको यात्रा प्रभावकारी रहेको छ ।

एक देशबाट अर्को देशको भ्रमण सहज बनाउन र सरकारी निकायबाट सुरक्षित भ्रमणको अवस्था सिर्जना गर्न सम्बन्धित देशको नेपाली मेडियाहरुको ठूलो हात रहेको हुनाले सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।