नयाँदिल्ली, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राइजिङ पुणे सुपर जाइन्ट्सलाई १३ रनले पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा बैंग्लोरले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको पुणे सुपरजाइन्ट्स पुरै ओभर खेल्दै ८ विकेट क्षतिमा मात्र एक सय ७२ रन मात्रै बनाएको थियो ।
पुणेका अजिन्क्या राहानेले ६०, कप्तान महेन्द्र सिंह धोनीले ४१, थिसरा परेराले ३४ तथा रजत भाटियाले २१ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
रोयल च्यालेन्जर्स बैंग्लोरका केन रिचर्डसनले तीन तथा सेन वाट्सनले दुई विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले पुरै ओभर खेल्दै तीन विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।
बैंग्लोरका एबी डी भिल्लियर्सले ८३, कप्तान विराट कोहलीले ८० , लोकेश रावलले ७ तथा सेन वाटसन १ र सर्फराज खान २ रनमा नटआउट रहे । – एजेन्सी















प्रतिक्रिया