८ कार्तिक २०८३, आइतबार

यी डेढ लाख नेपाली कहाँ लुकेर बसेका छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ११ वैशाख । अदालतबाट दोषी ठहर भई फरार हुने संख्या करिब डेढ लाख छ । अदालतबाट दोषी ठहर भई फरार हुनेहरूको संख्या एक लाख ३४ हजार आठ सय ३९ रहेको सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ । नयाँ पत्रिका दैनिकले सचार छापेको छ ।

अन्य अर्धन्यायिक निकायबाट दोषी ठहर गरेकाहरूबाट मात्र एक लाख १० हजार दुई सय ६० दिन कैद असुल्न बाँकी छ ।

यस्तै १० अर्ब १८ करोड ३० लाख ९६ हजार ९ सय ८१ रूपैयाँ जरिवाना असुल्न बाँकी रहेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायले बताए ।

जिल्ला वन कार्यालय, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयजस्ता अन्य अर्धन्यायिक निकायले दोषी ठहर गरी फरार रहेका व्यक्तिको भने राज्यले कुनै तथ्यांक राखेको छैन् ।

फैसला कार्यान्वयन निर्देशनालयले अदालतले फैसला गरेका व्यक्तिको मात्र विवरण राख्छ । त्यसकारण फरारको संख्या अझै धेरै हुन सक्छ ।

पछिल्लो वर्ष फरारलाई पक्राउ गर्न चालिएको विशेष अभियानपछि अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्ति धमाधम पक्राउ परिरहेका छन् ।