८ कार्तिक २०८३, आइतबार

आन्दोलनकारीलाई नभेट्न कुटनीतिज्ञहरूलाई यसरी आयो चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshiकाठमाडौं, ११ वैशाख । सरकारको कुटनीतिक निकायलाई जानकारी नगराई काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिहरुले मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेकोमा सरकारले उनीहरुलाई सचेत गराउँदै भेटघाटप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै पनि दल विशेष वा समूहसँग भेट्नअघि कुटनीतिक प्रतिनिधिले सरकारलाई जानकारी दिनु पर्ने परराष्ट्र मन्त्रालयको धारणा छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कुनै जानकारीबिना कुटनीतिक समुदाय बेलगाम हिड्नु भियना कन्भेसनविरुद्ध मात्र नभई कुटनीतिक आचारसंहिताविरुद्ध समेत भएको अधिकारीहरुले बताए ।

परराष्ट्र मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाका नेताहरुसँग सरकारको जानकारीबिना राजदूतहरुले भेट्नु कुटनीतिक मर्यादा र भियना महासन्धिविपरित रहेको भन्दै उनीहरुलाई सचेत गराइएको जनाएको छ ।