काठमाडौं, १० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुको उपचारको बहानामा यतिखेर दिल्लीमा छन् ।
काँग्रेस सभापतिमा निर्वाचित भए लगत्तै दिल्लीको बोलावटमा त्यता लागेपछि रामचन्द्र पौडेलको भने यता रुवाबासी सुरु भएको छ । प्रधानमन्त्री खड्ग ओलीसँग गुनासो गर्दै बालुवाटारमा रुनै खोजेका थिए । संविधान कार्यान्वयनका लागि सहमति जुटाउने भन्दै पौडेलले पछिल्लो दिनमा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवालाई भावी प्रधानमन्त्रीको रुपमा हेरिने गरिएको छ । प्रधानमन्त्रीको लाइन मिलाउन देउवा दिल्ली उडेको चर्चा चलीरहेको बेला पौडेलले भने आफ्नो पार्टी राजनीति सिध्याइदिएको भन्दै ओली र प्रचण्डसँग गुनासो गरेको सम्बद्ध पक्षले जनाएको छ ।
पार्टी पनि उनलाई, संसदीय दल पनि उनलाई, प्रधानमन्त्री पनि उनलाई, मेरो मान्छे न संसदीय दलमा न त सरकारमा नै हुने अवस्था आयो, राजनीतिक नियुक्तीमा समेत त्यस्तै हुने भयो लौ न केही न केही गर्नुपर्यो भन्दै पौडेलले ओली र दाहालसँग अनुनय गरेको बताइन्छ ।
राजनीतिक रुपमा कोही कर्नरमा परेको छ भने यतिखेर रामचन्द्र पौडेलल नै हुन् । १७ पटक प्रधानमन्त्रीमा हार्दा समेत पार्टी छ भन्दै बसेका उनलाई पछिल्लो दिनमा सभापति र संसदीय दलको नेता समेत हार्नुपर्दा पर्नु पिर परेको छ । आफ्नो गुट पनि जोगाउन नसक्ने अवस्था पौडेल पुगेका छन् ।
उनलाई साथ दिने नेता तथा कार्यकर्ता अब काँग्रेसमा नरहेको बताइन्छ । प्रकाशमान सिंहको ड्यासिङ छैन, डा. रामशरण महत निहु खोज्न मात्रै जानेका छन् । पौडेलले ओलीसँग गरेको गुनासो उदृत गर्दै स्रोतले भन्यो राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्थे तर मेरो लागि यस्तै भयो भन्दै रुनै खोजेका थिए ।
उता दिल्लीमा रहेका देउवा भने उच्च नेतृत्वसँग भेटवार्ता गरेर नेपालको पछिल्लो अवस्था बारे जानकारी गराएका छन् । दिल्लीस्थित उच्च स्रोतकाअनुसार भारतीय पक्षले उनलाई प्रधानमन्त्रीको तयारी गर्न भनिएको बताइन्छ ।
तीन पटक प्रधानमन्त्री भइसकेका देउवालाई प्रधानमन्त्री बन्न भने त्यति सहज छैन । वर्तमान सरकारको प्रमुख सहयोगी घटक एमाओवादी, राप्रपा नेपाल र विजय गच्छदारले सरकार नछाड्दा समेत सरकारको विषयमा कुनै घुन पुत्लो लाग्ने देखिदैन ।
यता पौडेल भने सबै काम देउवाले गर्ने गरेको भन्दै गुनासो गर्ने गरेको बताउछन। आफ्ना भनिएका मधु आचार्य र उनका पत्नी कमला पन्त बाहेक अरु सबैले पौडेलको साथ छाडेको बताइन्छ ।
















प्रतिक्रिया