८ कार्तिक २०८३, आइतबार

देउवालाई भारतले दियो मधेसबारे कडा सन्देश !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Sushma

काठमाडौं, १० वैशाख । भारतले मधेसका पुरा हुन बाँकी विषयको समाधानको अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीवार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले तराई मधेसका समस्या समाधानको अग्रसरता लिन भारतको सन्देश दिएकी छिन ।

श्रीमती आरजुको उपचारका लागि दिल्ली पुगेका देउवाले स्वराजसँग निवासमा करिब ३५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल-भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए ।

भेटमा नेपालको समसामयिक विषयबारे सामान्य कुराकानी भएको जानकारी राजदूत उपाध्यायले दिए । भेटमा देउवाले स्वराजले रखेका मधेसका विषयमा कांग्रेसले पहलकदमी लिइरहेको र त्यसका लागि थप लागिपर्ने बताएका थिए । नयाँ पत्रिकामा समाचार छ ।