१७ कार्तिक २०८३, मंगलबार

वैशाख छ गते पक्राउ परेका थापाको कारागारभित्र मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailपोखरा, १० वैशाख । कास्की कारागारमा एक कैदीको मृत्यु भएको छ । तीन दिन अघिमात्रै जेल चलान भएका नारायण थापाको मृत्यु भएको हो ।

के कारणले उनको मृत्यु भएको भन्ने नखुलेको आफ्न्तले बताएका छन् । प्रहरीले वैशाख ६ गते थापालाई पक्राउ गरेर जेल चलान गरेको थियो ।

जेल प्रशासनलले थापाको मृत्यु के कारण भएको भन्ने जानकारी दिएको छैन । मृतकका दाजु हरिबहादुर थापाले भने जेल प्रशासनको लापरबाहीले भाइको मृत्यु भएको आरोप लगाए ।

२०६८ साल असार ८ गते लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतले १ वर्ष ९ महिना २५ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सूचनामा उल्लेख छ ।