३० आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियाको सिड्नीमा ४५ वर्षीय सुरज भट्टराईको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suraj Bhattaraiसिड्नी, १० वैशाख । अष्ट्रेलियाको सिड्नीमा श्रीमती छोरा र छोरीका साथ बस्दै आएका ४५ वर्षीय सुरज भट्टराईको मृत्यु भएको छ ।

हर्स्टभिल्लामा बसोबास गर्दै आएका भट्टराईको बिहीबार मृत्यु भएको हो । उनको मृत्यु ब्यामशालामा ब्याम गर्दै गर्दा भएको आफन्तले जनाएका छन् । भट्टराईको मृत्युका बेला घरमा छोरामात्रै थिए ।

भट्टराईको निधनका विषयमा सिड्नी प्रहरीले छानविन सुरू गरेको छ । ब्यायामशालामा रहेको सीसीक्यामरो समेत बिग्रिएको अवस्थामा फेला परेको छ । सोही कारण प्रहरीले भट्टराईको मृत्युका विषयमा अनुसन्धान थालेको हो ।

भट्टराई अचानक बेहोस भएर लडेको देखेपछि स्विमिङपुलतर्फ आउँदै गरेकी महिलाले देखेर एम्बुलेन्स र बिल्डिङ म्यानेजरलाई सम्पर्क गरिदिएकी थिइन् ।

भट्टराईको शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । उनको निधन हार्टअट्याकबाट भएको हुन सक्ने अनुमान छ ।