काठमाडौं, १० वैशाख । भारतले मधेसका पूरा हुन बाँकी विषयको समाधानको अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेको छ ।
कंग्रेस सभापति शेरबहादुर देउवासँग बिहीवार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले तराई मधेसका समस्या समाधानको अग्रसरता लिन भारतको सन्देश दिएकी हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
श्रीमती आरजुको उपचारका लागि दिल्ली पुगेका देउवाले स्वराजसँग निवासमा करिब ३५ मिनेट भेटवार्ता गरेका थिए ।
भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए ।
भेटमा नेपालको समसामयिक विषयबारे सामान्य कुराकानी भएको जानकारी राजदूत उपाध्यायले दिए ।















प्रतिक्रिया