८ कार्तिक २०८३, आइतबार

बहालवाला मन्त्री नै अमेरिका जान पाएनन्, सचिव बिमानस्थलबाट फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwoandra paswan Dogiकाठमाडौं, १० वैशाख । जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफू अमेरिका जान नपाएपछि मन्त्रालयका सहसचिव रामप्रसाद लम्साललाई त्रिभुवन विमानस्थलबाटै फर्काएका छन् ।

मन्त्रिपरिषदको स्वीकृति लिएर सरकारकै कार्यक्रममा अमेरिकाको न्युयोर्क जान लागेका सहसचिव लम्साललाई मन्त्री पासवानले विमानस्थलबाटै फर्काएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गत डिसेम्बरमा पेरिसमा भएको कोप २१ को सम्मेलनबाट पारित भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा नेपालको लायन्स मिनिस्ट्रीबाट प्रतिनिधित्व गर्न अमेरिकाको न्यूयोर्क जान लागेका सहसचवि लम्साललाई मन्त्री पासवानले आफूलाई अमेरिका जान सहयोग नगरेको भन्दै बीच बाटोबाटै फर्काएका हुन् ।

मन्त्री पासवानले पनि आफू अमेरिका जानेसहितको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर उनको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत नगरेपछि अमेरिका जान पाएका थिएनन् ।

स्रोतका अनुसार सहसचिव लम्साल सम्पूर्ण तयारी गरी टिकट र न्युयोर्कमा बस्ने ठाउँको समेत कन्फर्म गरी गत बुधवार उड्ने तयारीका साथ विमानस्थल पुगेका थिए ।

सो कुरा थाहा पाउनासाथ फोन गरी ‘मन्त्रीलाई बाइपास गर्दै तपाई जाने ? कसले पठाएको हो तपाईलाई ? तुरुन्त फर्किहाल्नू’ भनेका थिए ।