१७ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाको आन्दोलन आवश्यक छैनः गच्छदार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-Gachhadar1

विराटनगर, ९ वैशाख । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मुलुकमा देखिएको प्राधिक समस्या समाधानका लागि राजनैतिक स्थिरता कायम हुनुपर्नेमा जोड दिनुभएको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय राजनीतिका सन्दर्भमा सहमतिको विकल्प नभएको बताउनुभयो ।

‘मधेसवादी दलहरूले राख्दै आएका माग यसअघिनै पूरा भइसकेकाले आन्दोलनको आवश्यक्ता छैन’, उनले भने, ‘मधेसवादी दलहरूले आन्दोलन केका लागि र किन भन्ने कुरा प्रष्टरुपमा राख्नु पर्छ ।