१७ कार्तिक २०८३, मंगलबार

मेची पोष्टको अनलाईन संस्करण सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mechi-Post

– कृष्ण ओझा
पाँचथर, ९ बैशाख । पाँचथर जिल्लाबाट प्रकाशित मेची पोष्ट दैनिकको अनलाइन संस्करण एक कार्यक्रम गरी आज सार्वजनिक गरिएको छ ।

ल्याप्टपद्घारा मेची पोष्ट अनलाइन संस्करणको पत्रकार महासंघ पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले उदघाटन गरे । मेची पोष्ट प्रकाशन गरिएकोे ९ महिनाको अवधि र स्थानीय संचार गृहको भूमीका, अनलाइन बिषयक अन्तक्र्रिया गरिएको थियो ।

पत्रकार झाले प्रिन्ट मिडिया भनेको समाजको हो, पत्रकारको मात्र नभएको बताउदै लोकतन्त्रमा कलम चलाउन र पत्रकार संगठित हुन आग्रह गरे । प्रिन्ट मिडियाको बैकल्पिक माध्यमका रुपमा डिजिटल मिडियाको बिकास भएको झाले प्रष्टयाए ।

कार्यक्रममा सहभागीहरुले अनलाइन मिडियाबारे राम्रा पक्ष र नराम्रा पक्ष स्मरण गर्दै शुभकामना सन्देश दिएका थिए ।

मेची पोष्टका सम्पादक रविन्द्र काफ्लेको संचालन कार्यक्रममा नेपाली काँग्रेका सभापति नरेन्द्र केरुङ, एमालेका सदस्य बिरदल राई, एमाओबादी लगायत स्थानीय पार्टी प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष लवदेव ढुंगाना, प्रेस यूनियनका अध्यक्ष लक्ष्मी गौतम, क्रान्तिकारी पत्रकार संघका सचिव जंग तामाङ, प्रेस चौतारी अध्यक्ष तुलसी थापा, पूराना पत्रकार, तथा मानवअधिकार संगठनका केन्द्रिय सदस्य सूर्य निरौला, उवासंघ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्ले, जनजाति महासंघका अध्यक्ष बिर्ख वाइवा लगायतले शुभकामना दिएका थिए ।