लन्डन, ९ वैशाख । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई पराजित गरेको छ ।
बुधबार राति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गर्दै लिग लिडर बार्सिलोनामाथि दबाब कायमै राखेको हो ।
खेलको ४१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको ६९ औं मिनेटमा लुकासले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । यस्तै खेलको ७६ औं मिनेटमा लुका मोर्डिकले गोल गर्दै रियललाई ३–० को जित दिलाए ।
जितपछि ३४ खेलबाट ७८ अंक जोडेको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा एक अंकलेमात्रै पछि छ ।
रियल मड्रिड, एथ्लेटिको मड्रिड र बार्सिलोना तीनै शीर्ष टोलीले जित हातपारेपछि उपाधि होड थप रोमाञ्चक बनेको छ । एजेन्सी















प्रतिक्रिया