३० आश्विन २०८३, शुक्रबार

क्यालिफोर्नियामा लायन्स क्लबको संयुक्त कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

awardक्यालिफोर्निया । एक दशक अगाडि क्यालिफोर्नियामा नेपाली समुदायमा स्थापना भएको नेपाली लायन्स क्लब बर्क्ली अन्नपूर्णको अग्रसरतामा गत अप्रिल १२, तारिख ऐतिहासिक संयूक्त कार्यक्रम सम्पन्न भएको छ ।

यस क्षेत्रमा रहेको तीनैवटा नेपाली लायन्स कल्बहरु बर्क्ली अन्नपूर्ण, बर्क्ली मकालु र फ्रिमोंट सगरमाथाको संयुक्त आयोजनामा सम्पन्न उक्त सुशोभन कार्यक्रम अल्बानीस्थिति नेपाली चमेना गृह एवेरेस्ट किचनमा भब्यताको साथ सम्पन्न भएको हो।

उक्त कार्यक्रममा लायन्स डिस्ट्रिक ४ सी ३ का करिब १४ वटा कलबका प्रतिनिधिहरु लगायत डिस्ट्रिक ४ सी ३ का उल्लेख्य पधाधिकारी, गभर्नर, भूतपूर्व गभर्नरलगायत भूतपूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर , जी एम टीको अर्डिनेटर र तीनैवटा क्लबका गाइडिंग लायन तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बर्क्ली अन्नपुर्णका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि भूतपूर्व डाइरेक्टर डा बिल आनाकोनिले क्लबका नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।