१७ कार्तिक २०८३, मंगलबार

लाजिम्पाटको तिब्बत होटल मृत भेटिए भारतीय नागरिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ बैशाख । राजधानी एक भारतीय नागरिक मृत फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लाजिम्पाटस्थित होटल तिव्बतको पहिलो तल्लाको कोठा नम्वर ११० मा बस्दै आएका भारत विहार फारविसगंज घर भई बारा चिमखा स्थित हुलास स्टिल कम्पनीमा कार्यरत ४५ बर्षीय आदित्य विक्रम दुगढ मृत फेला परेका हुन् ।

मंगलबार राति खाना खाई कोठामा सुत्न गएकोमा बुधबार विहान नउठेपछि होटलका कर्मचारी र उनका साथीहरुले कोठाको चाला खोली हेर्दा आदित्य मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।