१ कार्तिक २०८३, शनिबार

वादोरियो कराते फिलिपिन्स जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wado Ryu fare wellकाठमाडौं, ८ वैशाख । मित्र राष्ट्र फिलिपिन्सको शान्तारोसामा आयोजना हुने “तेश्रो अन्तराष्ट्रिय खुल्ला निशिमुरा कराते च्याम्पियनसिप २०१६” मा भाग लिन ५ सदस्यिय नेपाली वादोरियो कराते टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।

बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले टोलीलाई बिदाई गरे ।

अप्रिल २२ देखि २४ तारिख सम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल कराते महासंघका महासचिव एवं वादोरियोका संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसीको नेतृत्वमा त्यस तर्फ जाने टोलीमा अफिसियलमा बुनु तामाङ्ग, खेलाडीहरुमा सिमोन खत्रीले खुला तर्फ तथा ५०–५५ केजीमा मोहन तामाङ्ग र ४५–५० केजीमा विक बहादुर थामी रहेका छन् ।

खेलाडी सिमोन फिलिपिन्सको खेल पश्चात अप्रिल ३० मा जर्मनीमा आयोजना हुने “अन्तराष्ट्रिय जर्मन वादो कप २०१६”मा प्रतिस्पर्धा गर्न त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । उनी अप्रिल २६ तारिख फिलिपिन्सबाट जर्मन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।