१७ कार्तिक २०८३, मंगलबार

प्रहरीको सक्रियतामा बजार सफाइ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura-Police (1)

– भोबिन्द्र शाह
बाजुरा, ८ वैशाख । बाजुरा जिल्ला सफाइमा नेपाल प्रहरी जुटेको छ ।

सधैजसो शान्ति सुरक्षा तथा अपराधिक गतिबिधि नियन्त्रण गर्ने मुख्य जिम्मेवारी लिई दिन रात नभनी खटीरहने जिल्ला प्रहरी कार्यालय बाजुरा यतिबेला बजार सरसफाईमा सक्रिय भएको हो ।

सामुदायिक प्रहरीसेवा केन्द्र बाजुराको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकाम मार्तडी बजार र बडिमालिका मन्दिर क्षेत्रवरीपरिको सरसफाइ गरेको छ । बढ्दै गईरहेको शहरीकरण र बस्ती विस्तारका कारण बजार तथा मन्दिर फोहोर भएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा सरसफाइमा सक्रिय हुनु परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दलहादुर बोगटीले बताएका छन ।

Bajura-Police (2)

सामुदायिक प्रहरीसेवा केन्द्रको प्रत्येक हप्ताको एक दिन सरसफाई गर्ने भन्ने निर्णय भएको सामुदायिक प्रहरीसेवा केन्द्रका अध्यक्ष काल्चे दमाइले बताए । सरसफाइ अभियानमा स्थानीय ,सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यसमितीका पदाधिकारी,आजिवन सदस्यहरुले समेत साथ दिएको प्रहरीले बताएको छ ।

प्रहरीले मार्तडी सदरमुकामको दुनी हाटबजारमा छरिएर रहेका ट्याक्टर,जीप रअन्य सवारी साधनको समेत उचित ब्यबस्था गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एक हप्ता अघाडी मात्र बजारको सरसफाइका लागी नेपाली सेनाले निगालोको चोयाले बनेका डोकाहरु प्रत्येक चोक चोकमा राखेकाले फोहोर ब्यबस्थापनमा सहज भइरहेको बताइएको छ । सरसफाइ अभियानलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियमित रुपमा गर्ने समेत जनाइएको छ ।