३० आश्विन २०८३, शुक्रबार

आजको सपना : क्रिकेट र ऋषि धमलासँग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip Rupakhetiम क्रिकेट हेर्दै थिएँ । नेपाल जित्ने लाइनमा थियो, झल्यास्स मेरो नजर नेपालका ‘चर्चित’ पत्रकार ऋषि धमलाकोमा प-यो । उनी चिच्याइरहेका थिए, ‘ए पारसजी, के गरि रा’भन्या, जनता अर्को छक्का हेर्न आतुर छन्, किन अर्को छक्का भ’को छैन, जनता जान्न चाहन्छन् ।’

म सोच्दै थिएँ, यस्तो डिस्टर्व गर्न यो धमलादाई किन आ’का होलान् ! फेरि उनी फोनमा कोहीसँग बर्बराउन थाले, ‘किर्केट खेलको छ नी, हामीले निकै मज्जा लि रा’छौं । भोलि रिपोर्टर्स् क्लबमा खेलाडीलाई बोलाएर छ नि खादा ओडाउनुपर्छ ।’

मान्छेहरु भन्दै थिए, ‘खेल सकिएको छैन यो धमला के किर्केट–किर्केट भन्दै किचकिच गरि रा’छ’ ! अरुको बोलिमा धमला दाजुको कुनै पर्वाह थिएन ! उनी मैदानमा यता उता गर्दै थिए, दर्शकले धमला–गमला भनेर खिसी गर्दा खिसी गर्नेलाई धमला बेला–बेला सम्झाउँथे,’ तपाईंहरु छ नि, सकारात्मक बन्नुस्, अली स्रिजन्सिल कुरामा माइन्ड लगाउनुस्, बहसनै गर्ने भए रिपोर्टर्स् क्लब आउनु् म तयार छु ।’

यती भन्दा–भन्दै पारसले चौका हाने ! तर धमालको मुहारमा पटक्कै खुशी देखिएन । उनी भन्दै थिए, ‘खोइ छक्का हानेको भन्या, यसरी हुन्छ, यो तरिकाले क्रिकेटमा वल्र्ड कप जितिन्छ ?’

यतिकैमा नेपालको विकेट गयो । दर्शक स्तब्ध भए, रंगशालामा सन्नाटा छायो, तर धमला रोकिएनन्, उनी भनिरहेका थिए,’ त्यत्रो ब्याटले पनि छेक्न नसक्ने हाम्रा खेलाडीले के जित्लान् ।

खेल निर्णयक मोडतिर जाँदै थियो, सबैले सुन्ने गरी ऋषि धमला ठूलो स्वरमा फेरि कराउन थाले, ‘छ नि पारसजी, तपाईंजस्तो खेलाडी राजनीतिमा आउनुपर्छ ।’

मान्छेहरु निकै रिसाइसकेका देखिन्थे, तर धमला बाणी रोकिनेवाला थिएन ! उनले फेरी भने ‘किर्केट र राजनीति उस्तै हो, छ नि अब खेलाडी राजनीतिमा आउनुपर्छ’ ! यस्तै चलिरहेको थियो, प्रधानमन्त्री केपी ओली मैदानमा देखिनुभयो, अली परैदेखि एकाएक धमला टुप्लुकै प्रधानमन्त्रीसँगै पो देखिए, कोही भन्दै थिए, ‘हैन उडेरै गयो होला की के हो’ अनी कोही गलल हाँसिरहेका थिए ! म चाँही धमलालाई नियाल्दै प्रधानमन्त्रीनजिक पुगें, धमलाले ¥याख¥याख्ती पार्न शुरु गरेका रहेछन्– ‘प्रधानमन्त्रीजी, खेलाडिले छ नि जसरी किर्केटमा चौका छक्का हानेका छन्, तपाईंहरुले राजनीतिमा कैले हान्ने चौका, आज खुलस्त पार्दिनुस्’। ‘ऋषिजी, क्रिकेट हेर्नुस्’ प्रधानमन्त्रीको यस्तो जबाफ सुनेर धमला भन्दै थिए, ‘देशको प्रधानमन्त्रीले किर्केट हेरेर हुन्छ, खोइ अरु मैदान, लाखौं जनताको प्रश्न हो यो ?’ यतिकैमा दर्शकदीर्घामा जितको उमङ्ले भरिएको ठूलो आवाज सुनियो, ऋषि धमला टाउको कन्याउँदै, ‘खोई पारसजी, खोई पारसजी’ भन्दै मैदानभित्रै छिर्न थाले, अलार्म बज्यो, धमलाको गतिबिधिलाई नियालिरहेको सपनाबाट म ब्यूँझिन पुगें, अनुहारमा अनौठो हाँसो पलायो र मन मनै सोचे ‘राम्रो÷नराम्रो जे भए पनि ममा धमलाको प्रभाब गहिरै परेको छ !

– न्यूजिल्यान्डबाट