काठमाडौं, ८ वैशाख । पार्टीमा गुटहरु मात्रै मिलेर नहुँदो रहेछ, उपगुटहरु नमिल्दा झन् ठूलो समस्या १ एमाले केन्द्रीय कमिटि बैठकले तत्काल ओली–माधव विवाद त हल गर्यो । तर उपगुटहरुलाई हल गर्ने कसले रु
सुदुरपश्चिममा यस्तै भयो, माधवका मान्छेबीच । पार्टि महाधिवेशनदेखि शुरु भएको भीम रावल र सुरेन्द्र पाण्डेबीचको टकराव डोटीमा प्रकट हुँदा सांसद प्रेम आलेमगर झण्डै तीन लाख रुपैयाँको घाटामा परेका छन् ।
डोटीमा विशाल आमसभा भनी व्यापक प्रचारका साथ कार्यक्रमको तयारी थियो । वैशाख १२ गते नं. २ क्षेत्रीय कमिटिको व्यानरमा माधवकुमार नेपाल प्रमुख अतिथी भनी दिपायलको पिपल्ला बजारमा आमसभाको आयोजना गरिएको छ ।
आमसभाको प्रचारका लागि काठमाडौबाटै पर्चा पम्लेट छापेर पठाइएको थियो । रंगीन पोष्टरमा प्रमुख अतिथी माधवकुमार नेपाल र विशेष अतिथी सुरेन्द्र पाण्डेको फोटो छापिएको थियो ।
त्यसबाहेक एक दर्जन वक्ताको नाम मात्रै थियो । तर अन्तिममा त्यही पोष्टरले गुटभित्र वितण्डा मच्चायो र आमसभा स्थगित भयो । जनआस्था साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया