– शंकर के.सी.
सल्यान, ८ वैशाख । सल्यान जिल्लामा विभिन्न पार्टी परित्याग गरेका एक दर्जन स्थानीय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले धनबाङ– ५ सल्यानको जनवर्गीय संगठनहरुको संयुक्त वडा भेला सम्पन्न भएको थियो ।
एमाले ५ नम्बर वडा कमिटीका अध्यक्ष शुरेन्द्र वलीको अध्यक्षता तथा एमाले सल्यानका उपसचिब भीमबहादुर सेनको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलाले डिलबहादुर बोहोराको अध्यक्षतामा ११ सदस्यीय युवा संघ वडा कमिटी, भागीराम पाण्डेको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल किसान संघ वडा कमिटी र तिला खड्काको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटि गठन गरेको छ ।












प्रतिक्रिया