– भोबिन्द्र शाह
बाजुरा, ८ वैशाख । बाजुरा जिल्लामा शारीरिक मानसिक रुपमा बिचलन भएका ११ सय ६५ जना अपाङ्गले परिचय प्राप्त गरेका छन् ।
एक नगरपालिका र २४ गाविस रहेको जिल्लामा अपाङ्गहरुको संङख्या अझै बढ्न सक्ने महिला तथा बालबालिका कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्लामा अपाङगका क्षेत्रमा काम गर्ने संस्था र सहयोगी निकायहरुको कम चासो भएका कारण कतिपय अपागता भएका ब्यक्तिहरु परिचय पत्र लिनबाट बञ्चित बन्नु परेको अपाङग कल्याण सेवा संघ बाजुराका अध्यक्ष मानबहादुर हमालले बताएका छन ।
अपाङता भएका ब्यक्तिहरुले बिभिन्न किसिमका अबस्था हेरेर चार किसिमको अपाङगता परिचय पत्र बितरण गरिएको जनाएको छ ।
जसमा रातो परिचय पत्र पाउने क बर्गका पुरुष ७७ जना महिला ७४, निलो रङको परिचय पत्र पाउने ख बर्गका पुरुष ७५ महिला १७९ पहेलो रङको परिचय पत्र पाउने ग बर्गका पुरुष १३१ महिला २११ र सामान्य रङको घ बर्गको परचय पत्र पाउनेमा १४५ पुरष र २७३ जना महिलाहरु रहेको महिला तथा बालबालिका बाजुराका अधिकृत उमा अधिकृत उमा अधिकारीले बताइन ।












प्रतिक्रिया