रामेछाप, ७ वैशाख । रामेछाप जिल्लाको मन्थलीमाबसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटर साइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
मंगलबार बेलुकी ७ बजे रामेछापको मन्थलीमा ना ४ ख ९००५ नम्बरको यात्रुबहाक बसको ठक्करबाट बा ३४ प ७६५४ मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । दुर्घटनामा संग्लन दुबै सवारी साधन र बस चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया