३० आश्विन २०८३, शुक्रबार

इराकको क्रुदिस्तानमा फेरि १ नेपाली ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Iraq

– ध्रुब क्षेत्री
दोहा, ७ वैशाख । १२ जना नेपालीलाई मृत्युदण्ड दिएको इराकमा फेरि एक नेपालीको ज्यान गएको छ ।

आर्थिक आर्जनको सपनासहित अवैध बाटोबाट इराकको क्रुदिस्तान पुगेका लमजुङको भुजुंग १ का ५१ बर्षीय हिराप्रसाद गुरुङको उपचारका क्रममा २७ मार्चका दिन मृत्यु भएको हो ।

मूत्रनलीमा समस्या भएपछि उनको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो ।

उनको शवलाई २३ दिनपछि मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) इराक र पाकिस्तानस्थित नेपाली दुतावासको सहयोगमा नेपाल पठाईएको क्रुदिस्तानमा कार्यरत एनआरएनए एनसीसी इराकका अध्यक्ष खेम पौडेलले जानकारी दिए ।

उनका अनुसार इराकमा करिब ४० हजार नेपाली अवैध बाटोबाट रोजगारीका लागि आएका छन् । त्यसमध्ये क्रुदिस्तान प्रान्तमा मात्रै करिब २२ हजारको हाराहारीमा नेपालीहरु भएको अनुमान छ ।