१ कार्तिक २०८३, शनिबार

अन्ततः राप्रपा नेपाल पेलियो, एमाले र एमाओवादीको भागमा कति परे ? (नामसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Oli

काठमाडौं, ७ वैशाख । सरकारले एकैपटक २१ देशमा रिक्त राजदूत नियुक्तिको सिफारिस गरेको छ ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका देशका लागि एकैपटक २१ राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

स्रोतका अनुसार सत्तारुढ दलको भागवण्डामा नियुक्त गरिएका राजदूतमा दलहरुबाट १० र अन्य पराराष्ट्रका कर्मचारीदेखि प्राध्यापकसम्म रहेका छन् ।

राजदूत भागवण्डामा सत्ता साझेदार राप्रपा नेपालको भागमा एउटा मात्रै परेको छ । राप्रपालाई पेल्दै नेकपा एमालेबाट पाँच र एमाओवादीबाट चार जना राजदूतमा सिफारिस भएका छन् ।

हेर्नुस् कुन पार्टीबाट को ?

एमालेबाट

नारद भारद्वाज– श्रीलंका,

शिबमाया तुम्बाहम्फे– इजरायल,

अलि अख्तर मिकरानी– साउदी अरव,

खड्ग केसी– जापान,

महेन्द्रबहादुर पाण्डे– चीन

एमाओवादीबाट

युवनाथ लम्साल– डेनमार्क

लक्की शेर्पा– अष्ट्रेलिया

पदम सुन्दास– बहराइन

डा. महेन्द्र सिंह– कतार

राप्रपा नेपालबाट

निरञ्जन थापा– रसिया

परराष्ट्रका कर्मचारीबाट

ताराप्रसाद पोखरेल– ब्राजिल

रमेशप्रसाद खनाल– जर्मनी

प्रकाशकुमार सुवेदी– अष्ट्रिया

लोकबहादुर थापा– बेल्जियम

सेवा लम्साल– पाकिस्तान

झविन्द्र अर्याल– इजिप्ट

ऋषिकेष घिमिरे– म्यानमार

दुर्गाबहादुर क्षेत्री – बेलायत

अन्यबाट

खगेन्द्र बस्नेत- बंगलादेश

भरतबहादुर रायमाझी– यूएइ