८ कार्तिक २०८३, आइतबार

इयुसँग मिलेर नेपालविरुद्ध विज्ञप्ति निकालेपछि मोदीमाथि खनिए मणिशंकर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-with-European-Council-President-Donald-Tusk

– दुवै देशबीच उच्चस्तरमा कुराकानी पनि भइरहेकै छ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमण गरेर फर्किनुभयो । तर, एक महिना नबित्दै भारत र युरोपियन युनियनले नेपालमा राजनीीतक समस्या समाधान गर्न बाँकी छ भन्ने आशयको संयुक्त वक्तव्य दिए । नेपालका प्रधानमन्त्रीको भ्रमणमा संयुक्त वक्तव्यमा सहमति हुन नसक्ने इयुसँग नेपालका बारेमा बोल्नुपर्ने आवश्यकता थियो ?

यो आश्चर्यजनक छ । पहिलो, प्रधानमन्त्री मोदीजी र ओलीजीको बारेमा कके कुरा भयो, हामी जान्ने सवाल भएन । जानकारीका लागि सधैँ संयुक्त वक्तव्य आउँथ्यो वा आउनुपथ्र्यो यसपटक आएन ।

मतलब कुनै विषयमा सहमति हुने वा नहुने अस्वभाविक होइन, तर केही न केही त भयो होला नि ? सहमति भएका विषयलाई समेटेर भए पनि एउटा वक्तव्य त आउनु जरुरी थियो ।

तर, संयुक्त वक्तव्य आएन र एकप्रकारको आशंका फैलियो । दोस्रो भारत र इयुको वक्तव्यबाजी नाजायज र गलत थियो । नेपाल र भारतको आपसी सम्बन्धमा तेस्रो पक्षलाई सामेल गर्नु सर्वथा गलत भयो ।

आपसी द्धिपक्षीय सम्बन्धमा तेस्रो पक्षलाई सामेल गराउनु हाम्रो विदेश नीतिको सिद्धान्तविपरीत छ ।

हामी भारतीयहरु यसप्रति खुशी छैनौ । मोदीजी नेहरुजीको परम्पराका होइनन् । मोदीजीले आफ्नो थिचोमिचो देखाउन यो सब कर्म गरे ।

भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता मणिशंकर ऐयरको नयाँ पत्रिका दैनिकमा प्रकाशित अन्तर्वाताको अंश ।