८ कार्तिक २०८३, आइतबार

सचिवमा क–कसको बढुवा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, ७ वैशाख । रक्षा रजनसंख्या तथा वातावरण मनत्रालयका सचिव रिक्त भइसकेका छन् भने वैशाखभित्र थप तीन सचिव अवकाश हुँदैछन् ।

गएको चैत १८ गते जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विजयकुमार मल्लिक र चैत ३० मा रक्षा सचिव जयमुकुन्द खनालले अवकाश पाए । दुष्टि साप्ताहिकले समाचार छापेको छ ।

वैशाख ११ गते शन्तिा तथा पुननिर्माण मन्त्रालयका सचिव ईश्वरी पौडेल र वैशाख २० मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद ढकालले पनि अवकाश पाउँदैछन् ।

वैशाख ३० मा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेशप्रसाद आचार्य पनि उमेरहदले अवकाश पाउनेछन् ।

लोकसेवा आयोगले रिक्त दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस गरेको छ । आयोग अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा वैशाख ३ गते बसेको बैठकले बरिष्ठताका आधारमा सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको छ ।

सचिवका लागि सिफारिस हुने सहसचिवमा प्रशासन समूहका लोकप्रसाद आचार्य, मुकुन्दराज प्रकाश घिमिरे, लोकहरि पाण्डे छन् भनेप्राविधिकतर्फबाट विश्वनाथ ओली, सुरोज पोखरेल र युवकध्वज जिसी रहेका छन् ।

आयोगले सिफारस गरेका सहसचिवमध्येबाट सरकारले सचिव बढुवा गर्न सकने कानुनी व्यवस्था छ ।