३० आश्विन २०८३, शुक्रबार

सिड्नीमा गोरखा समाजद्वारा शुभकामना आदान प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dसिड्नी । नयाँ वर्ष २०७३ को अवसरमा गोरखा समाज अष्ट्रेलियाद्वारा सिड्नीमा आयोजित बार्बिक्यू कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

सिड्नी ओलम्पिक पार्कमा आयोजित कार्यक्रममा सिड्नीबासी गार्खालीहरू तथा मेलवर्नबाट समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ वर्षको शुभकामना आदान प्रदान तथा आपसी सद्भाव अभिबृद्धि गर्ने अभिप्रायले आयोजित कार्यक्रममा समाजका सल्लाहकारहरूका साथै अध्यक्ष उमेश पन्त, पूर्व अध्यक्ष तथा अष्ट्रेलियाका सल्लाहकार डिल्ली ढकाल, लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ तथा समाजका अग्रणी त्रिलोचन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मन्तब्य ब्यक्त गर्ने क्रममा रामकुमार श्रेष्ठले संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो भाषा, संस्कृति, आफू जन्मेको गाउँ ठाउँँ बिर्सन नसकिनुकै परिणति यो जमघट भएको भन्दै आफ्ना बच्चाहरु आफ्ना अभिभाबकहरुसंग भेट्दा भाषागत समस्याका कारण कुराकानी गर्न नसक्दा त्यस्ले पीडाबोध हुने गरेको बताउनुभयो ।

कार्यक्रममा बार्बिक्यूको अलवा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको थियो । जसमा बालबालिकाहरूको बेलुन फुटाउने खेलमा प्रथम हुने प्रयत्ना जोशी, महिलाहरूको सियोमा धागो छिराउनेतर्फ प्रथम हुने श्रेया देवकोटा पोख्रेल, हाँडी फुटाउने तर्फका बिजेता आशिष श्रेष्ठ तथा विङ्गो तर्फका विजेताहरु विजया लक्ष्मी महर्जन र सुरज श्रेष्ठलाई गोरखा समाज अष्ट्रेलियाका सल्लाहाकार रामकुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

सहभागिहरूलाई कार्यक्रममा सहभागिताका गोरखा समाज अष्ट्रेलियाको तर्फबाट धन्यबाद दिदै समाजका अध्यक्ष ध्रुब पोख्रेलले आगामी दिनहरूमा आयोजना गरिने विभिन्न सामाजिक कार्यक्रमहरूमा समेत सकृय सहभागिताको लागि अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा खेलाइेएको बिंगोबाट उठेको रकम फुजेल गाबिसको लागि आबस्यक एम्बुलेन्सको लागि प्रदान गरिनेछ । यसै बर्ष मात्रै गठित समाजले भूकम्प पीडितहरुको लागि राहत कार्यक्रम पनि अर्थ संकलन गरी सहयोग गरेको छ ।