३० आश्विन २०८३, शुक्रबार

अब जापानमै बसेर नेपाल मन्दिरको पूजा गर्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-Temple

टोकियो । जापानको कोवेस्थित सुमादेरा मन्दिरले नेपालको स्वयम्भूनाथ मन्दिर जस्तै नयाँ मन्दिरको निर्माण गरेको छ ।

नेपालमा बैशाख १२ गते (अप्रिल २५) गएको महाविनाशकारी भूकम्प गएको एक वर्ष पुगेको दिन अर्थात् आउँदो बैशाख १२ गते जापानको कोवे शहरमा एक भव्य कार्यक्रमका साथ उक्त मन्दिरको उद्घाटन हुने भएको छ । महाभूकम्पका कारण नेपाल र नेपालीले पाउनु परेको असह्य दुःखमा मलम लगाउने र दुई देशको मित्रता बढाउने उद्देश्यले यस मन्दिरको स्थापना भएको छ ।

एनआरएनका पूर्व अध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष देवमान हिराचनको पहलमा त्यस मन्दिरको काम अगाडी बढेको हो ।

जापानको कोवे शहरमा १९९५ मा ६.९ म्यागनेचिटको ठूलो भूइँचालो आएको थियो, त्यसबेलामा ६,५०० भन्दा बढि मानिसको मृत्यु र पूरा कोवे शहरमा ठूलो क्षति पुग्दा त्यँहा धेरै नराम्रो स्थिति देखिएपछि हिराचनले आफ्नो मन थाम्न नसकेपछि, नेपालमा आएर बुद्घिष्ट लामाहरुसँग सल्लाह गरेर यस्तो दुःखबाट छुट्टकारा पाउन केहि गर्न सकिन्छ कि भनेर सोध्दा बालुवा (स्यान्ड) मण्डला लेखेर पूजा ग¥यो भने मरेको मानिसहरु स्वर्ग जाने, दुःख पाएका मानिसहरु छिट्टै दुःखबाट हट्न सकिने, कोवे र जापानको पनि छिट्टै सुधार गर्न सकिन्छ भन्ने कुरा सुनेपछि हिराचनले नेपालबाट ६ जना लामाहरुलाई आफ्नै निजी खर्चबाट बोलाउनु भयो र उक्त सुमादेरा मन्दिरमा पूजा सुरु भएको थियो । त्यस पूजामा हजारौं कोवेवासी र अरु जापानका धेरै ठाउँबाट पूजाको लागि आउनुभएको थियो । त्यो पूजाले नेपाल–जापानको जनता बीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको थियो ।

Japan-Temple (2)

पूजाको लगत्तै केहि महिना मै सुमादेरा मन्दिरको एक समूह नेपाल भम्रण गरेर–हामीले पनि नेपालको लागि केहि गर्नुपर्छ भनेर नेपालकै नमुना बुद्घिष्ट स्कूल पोखरामा स्थापना गरेको थियो र अहिले पनि उक्त बुद्घिष्ट स्कूलसित सम्बन्ध र सहयोग निरन्तर रहेको छ ।

अब जापानमा बस्ने सम्पूर्ण नेपालीले नेपालको मन्दिरमा पूजा गर्न पाउने भएका छन् साथसाथै नेपाललाई जापानमा एउटा परिचित गराउने ठूलो काम सुमादेरा प्रमुख, कोइके कुउसानले गर्नुभएको छ र अब छिट्टै नै नेपाल र जापान बीचको सम्बन्धलाई बढाउँदै नेपालको पर्यटन विकासमा आफ्नो सक्दो सहयोग रहने पनि प्रमुख, कोइके कुउसानले बताउनु भएको छ ।