– अनिल खत्री
गुल्मी, ६ बैशाख । गुल्मीको रुपाकोटमा बेवारिसे शव फेला परेको छ ।
रुपाकोट गाविसको चिउरेनी भिर नजिकै खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । अन्दाजी ४० वर्षको मंगलीयन अनार भएको व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको अन्य पहिचाहन नभएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बेवारिसे शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईदै रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया