गीतामणि पाण्डे
युएई दुबई । अगष्ट १ तारिक शुक्रबारका दिन गुल्मी सेवा समाज युएईले गुल्मेलीहरुको भेला गरी दुबईमा गुल्मेली क्रिकेट टीम गठन गरेको छ ।
भेला समाजका अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।
कार्यक्रमको संचालन नेत्र भुसालले गर्नुभएको थियो । उक्त भेलाले सर्वसहमतिबाट किसान न्यौपानेको अध्यक्षमा २२ सदस्यीय पदाधिकारीहरुको चयन गरेको छ ।
उपाध्यक्षमा बिष्णु भण्डारी चयन हुनुभएको छ । सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश नेत्र भुषाल, सुमन पाण्डे र राजु शर्मा चयन हुनुभयो ।
कप्तान राजु भण्डारी र सह कप्तान शंकर थापालार्इ जिम्मा दिएको । क्रमश सदस्यहरुमा प्रसान्त पाण्डे, हरि चौधरी, नौसाद खान, सुमन पाण्डे, खेम खड्का, नितिन, केश सरु मगर, बिष्णु भण्डारी, हेम भण्डारी, केशव भण्डारी, देव पोखरेलरहनु भएको छ ।
त्यसैगरी अन्य सदस्यहरुमा केशव देवकोटा, नारायण न्यौपाने, नैना भुल, मुन श्रेष्ठ, रेशम पाण्डे, इन्द्र भट्टराई, किरण गिरी, जय ढकाल र खड्क भट्टराई रहनु भएको छ ।
रोजगारीको शीलसिलामा दुबई आएका गुल्मेली दाजुभाइ दिदि बहिनीहरुलार्इ सहयोग गर्ने हेतुले गुल्मी सेवा समाज युएईको स्थापना गरिएको थियो ।
उक्त समाजले युएईमा मात्र नभएर नेपालमा पनि सहयोग गर्दै आएको छ जस अनुसार प्रत्येक बर्ष पिकनिक कार्यक्रम, सास्कृतिक कार्यक्रम खेलकुद कार्यक्रम गर्दै गुल्मेलीहरुको पहिचानलार्इ चिनाउने काम गर्दै आएको छ ।














प्रतिक्रिया